डेढ लाख मूल्यबराबरकाे पटाका बरामद

सप्तरी– राजविराजस्थित  नेताचोकबाट लुकाइछिपाइ राखिएको पटाका गएराति प्रहरीले बरामद गरेको छ । 

विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले सप्तरीको राजविराज नगरपालिका–४ स्थित नेताचोकबाट पटकाहरु बरामद गरिएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

बेवारिसे अवस्थामा लुकाइएको पटाकाहरु विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले जाँच गर्दा विभिन्न ब्राण्डका पाँच बोरा अन्दाजी एक लाख ५० हजार बराबरको पटाकाहरु बरामद गरिएको प्रहरी नायव उपरीक्षक भारतीले बताए । 

बरामद गरिएको उक्त परिणामका पटाकालाई जिल्ला प्रहरी कार्यालयमा आजै नष्ट गरिने तयारी भइरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : कात्तिक ४, २०७६ साेमबार १३:३१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया