चिलीमा हिंस्रक प्रदर्शन, लुटेराहरुले गार्मेन्ट फ्याक्ट्रीमा आगो लगाउँदा ५ जनाको मृत्यु

सान्टियागो– केही दिनदेखि चलेको हिंस्रक प्रदर्शनका बीच चिलीको एक गार्मेन्ट फ्याक्ट्रीमा लुटेराहरुले आगो लगाउँदा ५ जनाको मृत्यु भएको छ । योसँगै, प्रदर्शनका दौरान मारिनेको संख्या कम्तीमा ७ पुगेको छ । 

बिबिसीको रिपोर्टअनुसार, अग्नि नियन्त्रकहरुले राजधानी सान्टियागोस्थित गार्मेन्ट फ्याक्ट्रीभित्र पाँचजनाको शव फेला पारेको बताएका छन् । यसअघि, शनिबार एक सुपरमार्केटमा भएको आगलागीमा तीनजनाको ज्यान गएको बताइएको थियो । 

प्रदर्शन नियन्त्रण गर्न सेना, प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेका छन् । मुख्य सहरहरुमा कर्फ्यु लगाइएको छ । राजधानी सान्टियागोमा पहिलेदेखि नै लगाइएको आपत्काल अन्य सहरहरुमा पनि विस्तार गरिएको छ । 

मेट्रो रेलको भाडा वृद्धिको विरोधमा राजधानी सान्टियागोबाट सुरु भएको प्रदर्शन भाडा वृद्धि निलम्बनपछि रोकिनुको साटो झनै विस्तार भएको छ । प्रदर्शनमार्फत चिलीका जनता बढ्दो जीविका धान्ने मूल्य र असमानताका विरुद्ध आक्रोश पोखिरहेका छन् । 



प्रदर्शन चलेका सहरहरुमा सोमबार धेरैजसो बैंक, स्कुल तथा व्यापारिक केन्द्र बन्द भएका छन् । 



  • प्रकाशित मिति : कात्तिक ४, २०७६ साेमबार १६:१४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया