कागतिहारका दिन तारुकामा सामुदायिक स्वस्थ्य केन्द्रको चियापान

तारुका– नुवाकोटको तारुकामा चाडपर्वलक्षित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम हुँदै छ । शुभ दीपावली, नेपाल संवतको नयाँवर्ष ‘न्हु दँ’, छठ लगायत चाडपर्वका अवसरमा गौरा–पार्वती सामुदायिक स्वास्थ्य केन्द्र र स्थानीय महिला समूहहरुको संयुक्त आयोजनामा विशेष लोकदोहोरी प्रस्तुतिसहितको कार्यक्रम हुन लागेको हो ।

नेपाली कांग्रेसका प्रभावशाली नेता, पूर्वमन्त्री अर्जुननरसिंह केसीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा पूर्वअर्थमन्त्री डा. रामशरण महत, संघीय सांसद बहादुरसिंह लामा, नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसी, नेकपा नुवाकोट जिल्ला अध्यक्ष हिरानाथ खतिवडा लगायतको सहभागिता रहने कार्यक्रमको संयोजन गरेका समाजसेवी पत्रकार शिव अधिकारी अविरलले बताए । 

उनका अनुसार, कात्तिक ९ गते तारकेश्वर–३ चन्दनीमा रहेको तारुका हिलसाइड इंग्लिस बोर्डिङ स्कुलको प्रांगणमा विशाल सभाका बीच शुभकामना आदन–प्रदान र लोकदोहोरीसहित चियापान गर्ने कार्यक्रम छ । कार्यक्रम मूल रुपमा सामाजिक अभियानकै हिस्सा भए पनि गएको तीन तहको निर्वाचनयता तारकेश्वरको राजनीतिक वृत्तमा देखिएको तिक्तता मेटाउँदै भाइचारा बढाउन समेत यो सहयोगी हुने उनको विश्वास छ । 

पत्रकार अधिकारीले लामो समयदेखि तारकेश्वरको शिक्षा, स्वास्थ्य, खानेपानी लगायत क्षेत्रमा भौतिक विकास योजनाका साथै महिला, बालबालिका तथा दलित–उत्पीडित वर्गको सशक्तीकरणका क्षेत्रमा अभियान चलाइरहेका छन् । 





  • प्रकाशित मिति : कात्तिक ४, २०७६ साेमबार १७:४०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया