एजेन्सी– क्यानेडेली प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले फेरि एक पटक क्यानडामा सत्ता बनाउने भएको छ । तर, उसले सदनका लागि आवश्यक बहुमत चाहिँ ल्याउन सकेन ।
लिबरल पार्टीले १५६ सिटमा जितेको छ । यो बहुमतका लागि चाहिने संख्याभन्दा १४ मात्र कम हो । लिबरलको मुख्य प्रतिस्पर्धीले चाहिँ यसपटक १२२ सिटमा जित दर्ज गरेको छ । उसले यसअघि ९५ सिटमा मात्र जित निकालेको थियो ।
यो संघीय निर्वाचन यसपटक क्यानडामा ट्रुडोका लागि जनमतसंग्रह जसरी नै हेरिएको थियो । उनको पहिलो कार्यकालमा उनीविरुद्ध प्रहार हुने गरि विभिन्न स्क्यान्डलहरु बाहिर आएका थिए ।
‘तपाईंहरुले गर्नुभयो साथीहरु, बधाई छ,’ मतदानको नतिजा आइसकेपछि ट्रुडोले मोन्ट्रियलमा समर्थकहरुलाई भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।