दोहा प्रस्थान गर्न लागेकाे यु–२३ नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ

काठमाडौं– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्न २३ वर्षमुनि (यु–२३) को नेपाली राष्ट्रिय फुटबल टोली कतारको दोहा प्रस्थान गर्ने भएकाे छ । नेपालमा आयोजना हुने १३औंँ दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाली टोलीले त्यहाँ म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्नेछन् ।

कतारस्थित दोहा रंगशालामा हुने उक्त खेल यही कात्तिक ८ गते हुनेछ । नेपाली टोली आज बेलुका ९ः४० बजे दोहा प्रस्थान गर्नेछ । उक्त मैत्रीपूर्ण खेलमा सहभागिता जनाउने २४ खेलाडीसहित ३२ सदस्यीय नेपाली टोलीलाई बिदाइ गरिएकाे छ । 

राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवाल, अखिल नेपाल फुटबल संघ (एन्फा)का  कार्यबाहक अध्यक्ष पंकज नेम्वाङलगायतले सफलताको शुभकामना दिँदै टाेलीकाे बिदाइ गरे ।

नेपाली टोलीमा नवयुग श्रेष्ठ, अनन्त तामाङ, अञ्जन विष्ट, विक्रम लामा, सुजल श्रेष्ठ, दिनेश राजवंशी, तेज तामाङ, अभिषेक रिजाल, सुनिल बल, हेमन्त थापामगर, छिरिङ गुरुङ र अर्पन कार्की छन् । 

त्यसैगरी दीप कार्की, देव लिम्बू, विकास खवास, रोमन लिम्बू, नितिन थापा, सेसेहाङ आङदेम्वे, मिक्चेन तामाङ, रामचन्द्र वाजी, प्रिजेन तामाङ, रेजिन सुब्बा, राजीव लोप्चन, र सुमन अर्याल छन् ।





  • प्रकाशित मिति : कात्तिक ५, २०७६ मंगलबार १४:४८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया