पार्टी एकताका क्रममा भएका समझदारी कार्यान्वयनका क्रममा रहेको प्रचण्डको भनाइ

पाँचथर– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका क्रममा भएका समझदारी कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् ।ती समझदारी कार्यान्वयनका क्रममा रहेको बताउँदै उनले हल्लाकाे पछि नलाग्न आग्रह गरेका छन् । 

पार्टी प्रशिक्षणका लागि पाँचथर पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच कुनै विवाद नरहेको बताए ।  

मूलभूत रुपमा सहमति कार्यान्वयनमा अगाडि बढिरहेको बताउँदै उनले सबै समझदारी महाधिवेशनसम्ममा कार्यान्वयन हुने विश्वास व्यक्त गरे । 

प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार मात्र आफ्नो दुई घण्टा कुराकानी गरेको खुलासा गरे । प्रभेटका क्रममा समग्र स्थितिलाई कसरी लैजाने भनेर समीक्षा भएको र समझदारीमा अघि बढ्ने संकल्प गरेको दाबी गरे । 





  • प्रकाशित मिति : कात्तिक ५, २०७६ मंगलबार १६:४०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया