असम सरकारको निर्णयः दुुईभन्दा बढी बच्चा हुनेलाई सरकारी जागिर नदिइने

एजेन्सी– भारतको असम राज्यमा भारतीय जनता पार्टी नेतृत्वको सरकारले दुईभन्दा बढी बच्चा हुनेलाई सरकारी जागिर नदिने निर्णय गरेको छ । त्यहाँका मुख्यमन्त्री सर्वानन्द सोनोवालको क्याबिनेटले यो निर्णय गरेको हो ।

यो निर्णयका अनुसार दुईभन्दा बढी बच्चा हुनेहरुले १ जनवरी २०२१ देखि सरकारी जागिरका लागि आवेदन पनि दिन पाउने छैनन् । असमको १२६ सिट संख्या भएको विधानसभाले दुई वर्ष पहिले पनि जनसंख्या नीति अपनाएको थियो । सन् २०१७ मा पनि त्यहाँ जनसंख्या तथा महिला सशक्तिकरण नीति पारित गरिएको थियो । यो नीतिले पनि साना परिवारलाई बढी  प्रोत्साहन दिएको थियो ।

त्यहाँको सरकारले गरेको निर्णयअनुसार अहिले सरकारी जागिरमा भएका व्यक्तिहरुले पनि अब दुई बच्चाभन्दा धेरै जन्माउन पाउने छैनन् ।

त्यसो त यसलाई भारतीय जनता पार्टीको लामो राजनीतिक महत्वकांक्षाका रुपमा पनि हेरिएको छ । सन् २०११ मा त्यहाँ गरिएको जनगणनाअनुसार ३ करोड ११ लाख ६९ हजार जनसंख्यामा १ करोड ६७ लाख मुसलमान थिए । त्यहाँका ३३ जिल्लामध्ये ९ जिल्ला मुसलमान बहुल छन् ।   
 





  • प्रकाशित मिति : कात्तिक ५, २०७६ मंगलबार २१:१२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया