पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफको स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको छ । जेल सजाय कटाइरहेका ६९ वर्षका शरिफको रगतमा प्लेटलेट कम भएको बताइएको छ ।
उनी २४ नोभेम्बर २०१८ देखि जेलमा छन् । उनीमाथि लगाइएको भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै अदालतले उनलाई ७ वर्षका लागि कारवासको सजाय सुनाएको थियो ।
शरिफको स्वास्थ्यलाई लिएर त्यहाँको जेल प्रशासनले गम्भीर हेलचक्र्याइँ गरेको उनको पार्टीका नेताहरुले आरोप लगाएका छन् । उनीहरुले शरिफलाई केही भएमा प्रधानमन्त्री इमरान खान जिम्मेवार हुने बताएका छन् ।
शरिफ पाकिस्तानमा ३ पटक प्रधानमन्त्री भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।