विराटनगर– मोरङमा लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् ।
प्रहरीले विराटनगर १५ स्थित भन्सारको १ नम्बर ढाटबाट ओसारपसारमा संलग्न एक र केरावारी गाउँपालिकाबाट सेवन गर्ने चार जनालाई लागुऔषध खैरो हिरोइनसहित सोमबार पक्राउ गरेको हो ।
मोरङ प्रहरीका अनुसार सोमबार बिहान ११ बजे जाँचका क्रममा विराटनगर भन्सारबाट बेलबारी नगरपालिका ६ बस्ने ४० वर्षीय सिद्धि गिरीलाई ५ ग्राम २५० मिलि ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको हो । यसैगरी इलाका प्रहरी कार्यालय केराबारीले केराबारी ७ बिचटोल बस्ने करण मगरको घरमा लागूऔषध सेवन गरीरहेको अवस्थामा २० वर्षीय करण मगर, २२ वर्षीय संदेश चौधरी, १९ वर्षीय शुसिल खेवा र १९ वर्षीय बिशाल चेम्जुङलाई ५०० मिली ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
पक्राउ गरिएका सबैलाई लागूऔषध ऐन अनुसार अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।