आफ्नै स्कुलकाे बसले ठक्कर दिएर मृत्य भएका बालककाे शव बुझिएन

काठमाडाैं— गोदावरी नगरपालिका-९ छम्पीमा होली टेम्पल नामक विद्यालयको बसले ठक्कर दिदाँ बालकको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही विद्यालयमै एलकेजीमा अध्ययनरत ६ वर्षीय नवीन घिमिरे छन् । साघुँरो सडकमा अर्को सवारी सधानलाई साइड दिने क्रममा बालक बसबाट सडकमा खसेका थिए । सडकमा खसेका बालकलाई बसको पछाडिको चक्काले ठक्कर दिएको प्रहरीले जनाएको छ । 

छम्पीस्थित होली टेम्पल विद्यालयले भाडामा संचालन गरेको बा २ ख ५००९ नम्बरको बसले ठक्कर दिँदा मंगलबार बिहान घिमिरेको घटनास्थलमै मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर ललितपुरका सहायक प्रवक्ता डिएसपी सन्तोष तामाङले भने, ‘चालकको लापारबाहीका कारण बालको मृत्यु भएको देखिन्छ ।’

रामेछापका चालक ओकल बहादुर श्रेष्ठ र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी तामाङले बताए । घटनापछि स्थानीयले केहीबेर सडक अवरुद्ध गर्नुको साथै बस तोडफोड समेत गरेका थिए ।

स्थानीयले मृतक विद्यार्थीको शव बुझ्न मानेका छैनन् । अहिले जिल्ला प्रशासन कार्यालमा मृतकका परिवार, संस्थागत विद्यालयको संस्था प्याबसनबीच भविष्यमा यस्ता किसिमका घटना नदोहोर्‍याउने विषय छलफल भइरहेको डिएसमी देबेन्द्र पाण्डेले बताए ।





  • प्रकाशित मिति : कात्तिक ५, २०७६ मंगलबार २१:५९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया