भारतीय क्रिकेटर धोनीको नाममा सबैभन्दा धेरै भाइरस

एजेन्सी– भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीका प्रशंसक नेपालमा पनि निकै छन् । त्यसैले पनि हुनुपर्छ, नेपालमा पनि गुगलमा सबैभन्दा धेरै खोजिने सेलेब्रिटीमा पर्छन्, धोनी । तर, उनको यही लोकप्रियता खतरा हुनसक्छ । विशेषगरि कम्प्युटर चलाउने र इन्टरनेट एक्सेसमा बस्नेहरुले यसबारे ध्यान दिनु पर्ने भएको छ । 

किनकि एक सर्वेक्षणमा यी क्रिकेटरको नाममा अत्यन्त धेरै भाइरस अहिले इन्टरनेटमा फैलिइरहेको जनाइएको छ । त्यसैले महेन्द्र सिंह धोनी खोज्दा कम्प्युटरमा खतरानक भाइरसले आक्रमण गर्ने सम्भावना पनि बढेको छ ।

धोनीजस्तै सचिन तेन्दुल्करको नाममा पनि अहिले इन्टरनेटमा भाइरस फैलिइरहेको त्यो अध्ययनले फेला पारेको छ । 

सफ्टवेयर सेक्युरिटी सोल्युसनका लागि काम गरिरहेको कम्पनी म्याकक्याफेको सबैभन्दा खतरानक भाइरसको सूचीमा धोनी पहिलो नम्बरमा परेका छन् । यही सर्वेका अनुसार दोस्रो नम्बरमा भारतका पूर्वक्रिकेटर सचिन छन् । आठौं नम्बरमा भारतीय महिला क्रिकेटकी कप्तना अरमनप्रीत कौर छिन् । बिग बोस जितेका सेलेब्रिटीहरु, बलिउड अभिनेत्री तथा ब्याडमिन्टन खेलाडीको नाममा पनि अहिले इन्टरनेटमा भाइरस व्यापक आइरहेको बताइएको छ ।





  • प्रकाशित मिति : कात्तिक ६, २०७६ बुधबार ११:९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया