कात्तिक ९ गतेका लागि ताेकियाे न्याम्सको प्रवेश परीक्षा

काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय  प्रतिष्ठान (न्याम्स)ले स्नातकोत्तर तहको एमडी–एमएस–एमडिएमएसको प्रवेश परीक्षा  यही कात्तिक ९ गते सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ शैक्षिक सत्र २०७६/७७ का लागि लिइने सो तहको प्रवेश परीक्षा स्थगन गर्न न्याम्सलाई यही १ कात्तिकमा निर्देशन दिएपछि  कात्तिक २ गते सञ्चालन गर्ने भनिएको सो तहको परीक्षा स्थगन भएको थियो । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री न्याम्सको सहकुलपति हुने प्रावधान रहेको छ । न्याम्सका डिन प्रा.डा. पीयुष दाहालले मन्त्रालयको निर्देशनअनुसार कात्तिक ९ गते शनिबार प्रवेश परीक्षा सञ्चालन हुन लागेको जानकारी दिए ।

न्याम्सलाई नयाँ शैक्षिक सत्रका लागि  नेपाल मेडिकल काउन्सिलले एमडी–एमएस–एमडिएमएस ११५ र डिएम–एमसीएचतर्फ २१ सिट संख्या अध्ययन–अध्यापन गर्न स्वीकृति दिएको थियो । 





  • प्रकाशित मिति : कात्तिक ६, २०७६ बुधबार ११:४२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया