आठ लाखका साहु घरमै पैसा माग्न आएपछि गोली हानी हत्या

धनुषा– आफूले पैसा तिर्नुपर्ने व्यक्तिले घरमै आएर पैसा माग्न थालेपछि जनकपुरमा एक घरधनीले ती साहुलाई गोली हानेर हत्या गरिदिएका छन् । बुधबार बिहान करीब १० बजे जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४का पंकज उर्फ शंकर चौधरीले गोली हानेर जनकपुरधाम वडा नम्बर–१का मनोज साहको हत्या गरेका हुन् । 

प्रहरीका अनुसार मनोज साहले पंकजको घरमा गएर पैसा माग्दा पंकजले ‘घरमै आएर पैसा माग्ने ?’ भन्दै मनोजमाथि गोली प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । मनोजको शव परीक्षणका लागि अहिले जनकपुर अञ्चल अस्पतालमा पुर्याइएको छ भने गोली प्रहार गर्ने पंकजलाई जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको छ । 

प्रहरीले पंकजको साथबाट एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने गोली १९ थान र एक थान नलकटुवा पिस्तोल र त्यसमा लाग्ने ३ राउण्ड गोली बरामद गरेको छ ।

प्रहरीका अनुसार निर्माण व्यवसायी रहेका पंकजले मनोजको पेट्रोल पम्बाट १७ लाख रुपैयाँबराबरको डिजेल खरिद गरेका थिए, जसमध्ये ९ लाख रुपैयाँ तिरेको र ८ लाख तिर्न बाँकी थियो । सो रकम असुल्नका लागि उनी पंकजको घर गएका थिए । विवाद बढ्दै गएपछि पंकजले गोली हानेर मनोजको हत्या गरेका थिए । 





  • प्रकाशित मिति : कात्तिक ६, २०७६ बुधबार १३:५१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया