लन्डनको एउटा ट्रकमा ३९ शव, ड्राइभर पक्राउ

एजेन्सी– लन्डनको पूर्वी सहर इसेक्समा एउटा ट्रकमा आज विहानै ३९ वटा शव फेला परेको छ । प्रहरीले ट्रकका चालकलाई नियन्त्रणमा लिएको छ । 

ग्रेजको वाटरग्लेड औद्योगिक क्षेत्रमा पार्क गरिएको यो ट्रकमा शव मिलेपछि प्रहरीलाई सूचना दिइएको थियो । 

प्रहरीका अनुसार प्रहरी त्यहाँ पुग्दा ३९ जनाको मृत्यु भइसकेको थियो । प्रहरीले हत्याको आशंकामा ड्राइभरलाई पक्राउ गरेको छ । प्रहरीले यी चालक उत्तरी आयरल्यान्डका भएका र उनी २५ वर्षका भएको जनाएको छ । 

प्रहरीले यो ट्रक बुल्गेरियाको भएको पनि जनाएको छ । गाडीमा कतिजना थिए र कतिजनाको मृत्यु भएको हो भन्नेबारे अहिलेसम्म आधिकारिक जानकारी आइसकेको छैन । 

बुल्गेरियाको न्युज वेबसाइट नेवनिकले विदेश मन्त्रालयको सूचना दिँदै लेखेको छ, ‘बुल्गेरियाको दूतावासले त्यहाँ सम्पर्क गर्ने प्रयास गरिरहेको छ ।’ 

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यो घटनामा दुःख जनाएका छन् । उनले ट्विट गरेका छन्, ‘म गृहमन्त्रालय तथा इसेक्स प्रहरीसँग लगातार सम्पर्कमा छु । हामीले यो पत्ता लगाउने कोशिस गरिरहेका छौँ कि हत्यारा को हुन् !’



सन् २००० मा पनि बेलायतको डोभरमा एक ट्रक भेटिएको थियो जसमा ५८ चिनियाँ प्रवासीको शव भेटिएको थियो । 



  • प्रकाशित मिति : कात्तिक ६, २०७६ बुधबार १७:१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया