Mon, 16 Dec, 2019


समय अगावै निर्माण सम्पन्न गरेका ठेकेदारलाई सम्मान !
फरकधार / कात्तिक ६, २०७६

बर्दिया– नेपालको निर्माण व्यवसायमा एउटै गुनासो पुगिरहेको हुन्छ– ठेकेदारले समयमा काम सकेनन् र गुणस्तरीय काम गरेनन् । 



तर, यसको ठिक विपरित बर्दियाको ठाकुरद्वारा र पूर्वपश्चिम राजमार्ग जोड्ने सडकखण्डमा रहेको आरोही खोलामा पुल निर्माण कार्य तोकिएको समय भन्दा अगाडि नै सकिएको छ । अनि यसको श्रेय ठेकेदारले पनि राम्रो पाएका छन् । उनले यसअघि तोकिएको समयभन्दा नौ महिनाअगाडि नै पुल निर्माण कार्य सकाएपछि ठेकेदारले सम्मान पनि पाएका छन् । 

एक सय ७० मिटर लामो पुल बनाउन ९ करोड ९६ रुपैयाँ लागत लागेको थियो । यो पुल २०७४ सालदेखि निर्माण सुरु भएको थियो ।

तोकिएको समयभन्दा अगाडि नै पुल सन्चालनमा आएपछि यसको ठेक्का पाएको मेनका निर्माण सेवाका प्रोपाइटर तिलकराम लम्साललाई जिल्ला प्रशासन कार्यालय बर्दिया र सडक डिभिजन कार्यालय बाँकेले सम्मान गरेका हुन् । 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्