एजेन्सी– अमेरिकाले टर्कीमाथि लगाएका प्रतिबन्ध हटाएको छ । पछिल्लो समय कुर्दिश लडाकुविरुद्ध आक्रमण नगर्ने टर्कीको योजनालाई सम्मान गर्दै अमेरिकाले यो प्रतिबन्ध हटाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
रुस र टर्कीले हिजोमात्र सिरियाली सीमामा युद्धविराम गर्ने सम्झौता गरेका थिए ।
यसअघि अमेरिकाले अचानक आफ्ना सेनालाई सिरियाली सीमाबाट हटाएपछि टर्कीले त्यहाँ कुर्दिश लडाकुमाथि आक्रमण गर्न सुरु गरेको थियो ।
‘यो रगताम्य बालुवामा अरु कोही लडुन्,’ ट्रम्पले भनेका थिए । योसँगै उनले टर्कीमाथि लागेको प्रतिबन्ध आफूहरुलाई मन नपर्ने केही नहुँदासम्मका लागि हटाएको घोषणा गरेका हुन् ।
उनले टर्कीले सो क्षेत्रमा अब आक्रमण नगर्ने बताएको पनि उल्लेख गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।