उत्तर कोरियाली नेता किमको निर्देशन– दक्षिण कोरियाले बनाएका सबै होटल भत्काउनू

एजेन्सी– उत्तर कोरियाली नेता किम जङ उनले प्रसिद्ध पर्यटकीय क्षेत्रमा दक्षिण कोरियाले बनाएका सबै होटल र रिसोर्ट तथा अन्य भवनलाई भत्काउनु भन्ने निर्देशन दिएका छन् । 

माउन्ट कुमागाङ भन्ने त्यो ठाउँमा बनाइएका सबै भवन भत्काउन उनले निर्देशन दिएका हुन् । उनले बारम्बार ठूला दुर्घटना हुने ती क्षेत्रमा त्यस्ता भवन बनाउन नहुने बताएका छन् । 

यो ठाउँको यो रिसोर्ट दक्षिण कोरियाले बनाएको हो र यो ठाउँलाई कुनै समय उत्तर र दक्षिण कोरियाको सम्बन्ध हेतु बनाइएको मानिन्थ्यो । उक्त क्षेत्रमा पुगेपछि किमको यो निर्देशन आएको हो । 

यो माउन्ट कुमागाङको रिसोर्ट उत्तर कोरियाको पूर्वी क्षेत्रमा पर्छ । यो सन् १९९० मा दक्षिण कोरियाली कम्पनीले बनाएको थियो । यसलाई कोरियाली प्रायद्विपको सबैभन्दा आकर्षक ठाउँ पनि मानिन्छ ।

यो ठाउँमा पहिले निकै धेरै दक्षिण कोरियालीहरु पुगेका हुन्थे । तर, सन् २००८ मा यो ठाउँमा एक दक्षिण कोरियाली युवती उत्तर कोरियाली सेनाको गोलीका कारण मरेपछि यसलाई बन्द गरिएको थियो । सन् २०११ मा उत्तर कोरियाले यो होटल आफ्नो नियन्त्रणमा लिएको थियो र दक्षिण कोरियाली अधिकारीहरुलाई फिर्ता पठाइदिएको थियो ।

किमले त्यहाँको त्यो भवन भत्काएर आफ्नै देशको अनुसार अर्को भवन बनाउन निर्देशन दिएका हुन् । 





  • प्रकाशित मिति : कात्तिक ६, २०७६ बुधबार २२:३४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया