Thu, 21 Nov, 2019


नयाँ बुलेट बाइकको ब्रेकमा समस्या
फरकधार / कात्तिक ६, २०७६

एजेन्सी– नेपालमा पनि रोयल इनफिल्ड मोटरसाइकलका पारखी निकै धेरै छन् । तर, यो कम्पनीले पछिल्लो समय आफूले बजारमा पठाएका बाइकहरुमा गम्भीर त्रुटी गरेको छ । त्यसैले उसले आफ्ना बुलेट र बुलेट इलेक्ट्रा फिर्ता गर्ने भएको छ । यो कम्पनीले कम्तिमा पनि ७ हजार मोटरसाइकल फिर्ता गर्न भनेको हो । 



कम्पनीले मंगलबार सूचना निकाल्दै यी बाइकहरुको ब्रेकमा त्रुटी भएकाले फिर्ता मागेको बताएको छ । 

कम्पनीले एउटा विज्ञप्ति निकाल्दै भनेको छ कि २० मार्च देखि ३० अप्रिल २०१९ मा बनाइएका बाइकहरुमा यस्तो गम्भीर त्रुटी देखिएको हो ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्