लमजुङमा अलैँची खेती गर्न विदेशी चासाे

लमजुङ– व्यावसायिक सम्भाव्यता अध्ययनका लागि जर्मन, अस्ट्रिया र स्विटजरल्यान्डका व्यावसायी लमजुङको अलैंची बगानमा पुगेका छन् । उत्पादित अलैंचीलाई जर्मन, अस्ट्रिया र स्विटजरल्यान्ड निर्यात गर्न उनीहरु बगानमै पुगी अलैंचीको अध्ययन गर्न मस्र्याङ्दी गाउँपालिका ७ लुदी पुगेका छन् ।

उनीहरूले अलैंची टिप्ने तरिका, सुधारिएको अलैंची भट्टीमा सुकाउने विधि, गुणस्तर, अलैंची बगानको अवलोकन भण्डारण लगायतको विषयमा अध्ययन गरेका हुन् । अलैंची व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवं प्रधामन्त्री कृषि आधुनीकीकरण अलैंची जोन सञ्चालक समितिका अध्यक्ष अजय तामाङका अनुसार जर्मन, अस्ट्रिया र स्विटजरल्यान्डबाट आएका व्यवसायीले अलैंची बगानमै पुगेर अध्ययन गरेका थिए । उनका अनुसार यसअघि भारत, भुटान र अस्ट्रेलियाका नागरिकले लमजुङको अलैंची अध्ययन गरेका छन् । 

फार्मिङ फर हेल्थका निर्देशक नारायण ढकालका अनुसार दुई वर्ष अगाडि लमजुङको अलैंचीको नमुना पठाइएको थियो । त्यसपछि सम्भाव्यता गर्न ‘बिजनेस लिडर’ सहित जर्मनका ८, स्विटजरल्यान्डका ४ र अस्ट्रियाका २ नागरिक लमजुङको अलैंची बगान पुगेका हुन् । 





  • प्रकाशित मिति : कात्तिक ६, २०७६ बुधबार २३:२३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया