पाल्पामा विद्यालयकाे रंग र विद्यार्थीकाे पाेशाक एउटै र‌ंगकाे बनाइने

पाल्पा— पूर्वखोला गाउँपालिकाले गाउँपालिकाभित्रका ३८ विद्यालयको रंग र विद्यार्थीहरूको पोसाक एउटै बनाउने भएको छ । विद्यार्थीहरूको पोसाकमा एकरूपता ल्याउँदा मानसिकरूपमा समेत समान भएको अनुभूति हुने विश्वासमा गाउँपालिकाले एउटै रङ कायम गर्न लागेको हो ।

गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले पाँच निजी विद्यालयलाई समेत सामुदायिक विद्यालयमा गाभेको बताए । अध्यक्ष थापाले भने, ‘गाउँपालिकाले अब पहिचानमा समेत समानता देखाउन पोसाकलाई एउटै बनाउने काम गरिरहेको छ ।’ विद्यार्थीको पोसाक एउटै बनाउने र विद्यालयको भौतिक पूर्वाधारलाई समेत एउटै रंगले रंगरोगन गर्ने गाउँपालिकाले तयारी गरेको छ ।

गाउँपालिकाभरि रहेका ३८ सामुदायिक विद्यालयमा पढ्ने सबै विद्यार्थीले अबदेखि खरानी रंगको सर्ट र गाढा रंगको निलो पाइन्ट लगाउनुपर्नेछ । गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालका अनुसार एउटै पोसाक बनाउन गाउँपालिकाले आर्थिक वर्ष ०७६र७७मा १८ लाख रुपैयाँ विनियोजन गरेको छ । यस्तै, विद्यालयको भवन एउटै रंगको बनाउन २५ लाख रुपैयाँ विनियोजन भएको र विद्यालयहरूलाई अनुदान दिइने गाउँपालिकाले जनाएको छ ।





  • प्रकाशित मिति : कात्तिक ७, २०७६ बिहीबार १०:१८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया