र्‍यापर भिटेन पक्राउ

काठमाडौं– नेपालका चर्चित र्‍यापर भिटेन पक्राउ परेका छन् । उनको खास नाम समिर घिसिङ हो । 

उनलाई बिहिबार महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जावलाखेलबाट पक्राउ गरेको हो । उनलाई अश्लिल गीत गाएको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ । 

यसअघि प्रहरीले अर्का गायक दुर्गेश थापालाई पनि नेपाली समाजमा विकृति फैलाउने काम गरेको भन्दै पक्राउ गरेको थियो । उनले आफ्नो गीत युट्युबबाट हटाएपछि र अब अश्लिल शब्द भएका गीत नगाउने सर्तमा राजी भएपछि प्रहरीले छोडेको थियो ।





  • प्रकाशित मिति : कात्तिक ७, २०७६ बिहीबार ११:४०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया