उपनिर्वाचनका लागि उम्मेदवार टु‌ंगाे लगाउन अन्तिम कसरतमा कांग्रेस

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार टु‌ंगाे लगाउन अन्तिम कसरतमा जुटेको छ ।

उपनिर्वाचनका लागि पार्टीका सम्बन्धित जिल्ला र स्थानीय निकायबाट सिफारिस भई आएका नामावलीमाथि कांग्रेसले म‌ंगलबार र बुधबार पदाधिकारी तहमा छलफल गरेको थियो ।

पदाधिकारी तहको छलफलपछि आज बस्ने केन्द्रीय कार्यसमिति बैठकमा उपनिर्वाचनका लागि पार्टीका उम्मेदवार टुंगाे लगाउने र उपनिर्वाचनको तयारी बारेमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
 
मंसिर १४ गते हुने उपनिर्वाचनबाट ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदै छ ।





  • प्रकाशित मिति : कात्तिक ७, २०७६ बिहीबार १६:४१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया