विप्लवसँगको वार्ताबारे सरकारको प्रतिक्रिया– छद्मभेषी कुराका पछि सरकार लाग्दैन, संविधान मानेर आए खेल खत्तम

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले विप्लव समूहले हिंसा छाडे सबै कुरा समाधान हुने दाबी गरेका छन् । नेत्रविक्रम चन्द नेतृत्वको सो समूहले संविधान मानेर आए खेल खत्तम हुने बताएका हुन् ।

यसअघि विप्लव समूहले आफ्ना कार्यकर्तालाई रिहा गरेर प्रतिबन्ध हटाए वार्ता गर्ने सर्त राखेको थियो । सोही प्रसंगमा बाँस्कोटाले छद्मभेषी कुराका पछि सरकार नलाग्ने प्रतिक्रिया दिएका हुन् । 

हिंसा छाड्ने हो भने प्रतिबन्ध हटाइराख्नु नपर्ने उल्लेख गर्दै उनले संविधानले दिएको राजनीतिक अधिकारअनुसार विप्लव हिंसा छाडेर आउनुपर्ने बताए ।

हिंसा मच्चाउनु, विकास र प्रगतिको बाटो अवरूद्ध गर्नु, चन्दा संकलन अभियान चलाउन खोज्नुजस्ता क्रियाकलाप राष्ट्रघाती कदम भएको भन्दै उनले भने, ‘हामीले धेरै हिंसा देखिसक्यौँ, हिंसा छाडेर शान्ति रोजौँ ।’ 





  • प्रकाशित मिति : कात्तिक ७, २०७६ बिहीबार १६:५८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया