Wed, 13 Nov, 2019


प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान, पाेखरेललाई कार्यवाहककाे जिम्मेवारी
फरकधार / कात्तिक ७, २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान गरेका छन् ।



प्रधानमन्त्री ओली असंलग्न आन्दोलनका सदस्य राष्ट्रको १८औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार अजरबैजानको बाकुतर्फ प्रस्थान गरेका हुन् । 

प्रधानमन्त्रीकाे अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी तोकेकी छिन् ।

राष्ट्रपतिले नेपालको संविधानअनुसार प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री पोखरेललाई उक्त जिम्मेवारी तोकेकी हुन् ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्