महरालाई थप सात दिन थुनामा राख्न अनुमति
फाइल तस्वीर

काठमाडाैं– संघीय संसदकी महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निर्वतमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले बिहीबारदेखि लागू हुने गरी ७ दिन म्याद थप गरेको छ । यसअघि गत शनिबार अनुसन्धानका लागि पाँच दिन म्याद थप गरिएको थियो ।

फरेन्सिक ल्यावको रिपोर्ट नआइपुगेकाले सरकारी वकिलले म्याद थप गर्न अदालतसँग माग गरेका थिए । उनीहरूको मागअनुसार नै अदालतले अनुमति दिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शन राज पाण्डेको इजलासले सो आदेश दिएको हो ।

गत १९ असोजमा पक्राउ परेका महरालाई प्रहरीले बिहीबार दोस्रो पटक अदालतमा उपस्थित गराएको थियो । अब उनी आगामी १३ गतेसम्म प्रहरी नियन्त्रण हुने छन् ।






  • प्रकाशित मिति : कात्तिक ७, २०७६ बिहीबार १९:४०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया