आलममाथि अनुसन्धान गर्न आठ दिन म्याद थप
फाइल तस्वीर

राैतहट– रौतहट क्षेत्र नं २ का सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई अदालतले अनुसन्धानका लागि थुनामा राख्न शुक्रबार तेस्रो पटक ८ दिनको म्याद थप गरेको छ ।

०६४ सालमा भएको संविधान सभा निर्वाचनको समयमा बम बनाउन लगाउने क्रममा घाइते भएका सर्बसाधारणरलाई जिउँदै इट्टा भट्टामा जलाएको आरोपमा उनी पक्राउ परेका थिए । रौतहट जिल्ला अदालतले  आलमलाई  आठ दिन थुनामा राख्न म्याद थप गरेको अदालत श्रेस्तेदार गुणराज पराजुलीले बताए । 

यस अघि उनलाई सात र पाँच दिनको म्याद थप गरिएको थियो ।

त्यस्तै त्यहाँबाट सरूवा भएका र  सुरूमा अनुसन्धान गरेका प्रहरी अधिकृतलाई सोधपुछका लागि बोलाइएको छ । 

चुनावका बेला राजापुर क्षेत्रमा खटिएका तत्कालीन इन्सपेक्टर इन्द्र सुवेदी र घटनाको अनुसन्धान गरेका इन्सपेक्टर राजीव बस्नेतलाई त्यो बेलाको घटनाबारे थाहा भएका कुरा सोधपुछ गर्न बोलाइएको हाे ।

बस्नेत देशबहिर भएकाले अहिलेका लागि सुवेदीलाई झिकाइएको छ । बस्नेतलाई भने नेपाल फर्केपछि बोलाउने तयारी छ ।





  • प्रकाशित मिति : कात्तिक ८, २०७६ शुक्रबार १२:२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया