सरकारको कामको समीक्षा गर्नुपर्ने वेला भयाे : भीम रावल

अछाम– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलले राजनीतिलाई अपराधीकरणबाट बचाउनुपर्ने बताएका छन् ।

प्रेस संगठनले मंगलसेनमा गरेको पत्रकार सम्मेलनमा उनले पछिल्लो समय उच्चपदस्द व्यक्ति धमाधम पक्राउ परिरहेकोप्रति इंगित गर्दै वर्तमान सरकारले आपराधिक घटना न्यूनीकरणमा प्रभावकारी र कडाइका साथ कदम चालिरहेको बताए ।

स्थिर सरकारका कारण देशमा कानुनी शासनको प्रत्याभूति भइरहेको उनको भनाइ राख्दै उनले रौतहटको घटना नेपालको कानुन र अन्तरराष्ट्रिय कानुनविपरीतको जघन्य अपराध भएकाले यसमा संलग्नलाई छुट दिन नहुने तर्क गरे ।

नेता रावलले पार्टीका बैठक नियमित हुनुपर्ने र सरकारको कामको पनि समीक्षा गर्नुपर्ने वेला भएको बताए ।





  • प्रकाशित मिति : कात्तिक ८, २०७६ शुक्रबार १५:३०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया