महरामाथिको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझायो

काठमाडौं– संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले जबर्जस्ती करणी उद्योगमा उजुरी गरेपछि पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार प्रयास आरोपको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।  

महानगरीय प्रहरी परिसर काठमाडौंकाअनुसार महराविरुद्धको अनुसन्धान प्रतिवेदन शुक्रबार दिउँसो जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको हो । प्रहरीले महरामाथि २० दिन लगाएर अनुसन्धान गरी तयार पारेको राय सहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरेको हो ।  

महरालाई मुलुकी अपराध संहिता ऐन २०७४ को बलात्कार प्रयास र यौन दुर्व्यवहारसम्बन्धी कसुरमा कैद तथा सजायको माग गरिएको छ । अब प्रहरी प्रतिवेदनको थप अध्ययन गरेर सरकारी वकिल कार्यालयले मुद्दा चलाउने वा नचलाउने निर्णय गर्नेछ । 

असोज १९ गते महरा सरकारी निवास बालुवाटारबाटै पक्राउ परेका थिए । घटनाको दुईदिनपछि असोज १४ गते महराले पदबाट राजीनामा दिएका थिए ।






  • प्रकाशित मिति : कात्तिक ८, २०७६ शुक्रबार १६:३६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया