अभिनेता एजाज खान पराजित !

एजेन्सी– के तपाईं एजाज खान चिन्नुहुन्छ ? बिग बोस हेर्नुहुन्थ्यो भने भारतका यी अभिनेतालाई पक्कै चिन्नुहुन्छ । त्यहाँ उनले तमासा देखाएका थिए । 

तर, एजाजले देखाउने तमासा बिग बोसमा मात्र सिमित छैन । उनले महाराष्ट्र विधानसभामा पनि उम्मेदवारी दिए । त्यसमा उनी नराम्रोसँग पराजित भए । उनले त्यहाँ स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

तर, उनलाई जम्मा २१७४ जनाले मात्र मत दिए । बरु यसअघि उनले नोटामा उम्मेदवारी दिँदा २७९१ मत पाएका थिए । उनलाई शिवसेनाकी यामिनीले २००२३ मतले पराजित गरेकी हुन् ।

पछिल्ला केही महिनायता एजाज बारम्बार विवादमा तानिइरहेका छन् । कहिले उनी गुन्डागर्दीमा संलग्न समाचार आइरहेका छन् त कहिले धार्मिक भावना भड्काउँदै हिँड्नेमा ।





  • प्रकाशित मिति : कात्तिक ८, २०७६ शुक्रबार १६:३८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया