भरतमोहन अधिकारीको स्मृतिमा अक्षयकोष स्थापना हुने

काठमाडौं– पूर्वउपप्रधानमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको स्मृतिमा अक्षयकोष स्थापना हुने भएको छ । उनको नाममा स्थापित भरतमोहन अधिकारी फाउन्डेसनले शनिबार अक्षयकोष स्थापना हुनेबारे जानकारी गराएको हो । 

अधिकारीको प्रथम वार्षिकी को अवसर पारेर अक्षयकोष घोषणा गरिने जनाइएको छ । अधिकारीको प्रथम वार्षिकी आगामी १८ फागुनमा पर्छ । फाउन्डेसनको तेस्रो बैठकले अधिकारीको व्यक्तित्व र कृतित्वलाई जनताबीच जीवितै राख्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गर्ने निर्णय गरेको जनाएको छ । 

निधन हुनुअघि अधिकारीले आफ्नो बैंक खातामा रहेको २५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिन आग्रह गरेका थिए । उनकै आग्रहअनुसार सो निर्णय गरिएको फाउन्डेसनका महासचिव पदम खतिवडाले बताए । १८ फागुनमा २५ लाख रुपैयाँबाट कोष सुरु गरिने खतिवडाले जानकारी दिएका छन् । 





  • प्रकाशित मिति : कात्तिक ९, २०७६ शनिबार १५:१०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया