काठमाडौं– संविधानसभाकी पूर्वसदस्य कमला घिमिरे सुवेदीको ५० वर्षको उमेरमा निधन भएको छ । उनी तत्कालीन नेकपा एमालेका तर्फबाट संविधानसभा सदस्य भएकी थिइन् ।
दोस्रो संविधान सभामामा समानुपातिकतर्फबाट सभासद बनेकी सुवेदी तत्कालीन एमालेको केन्द्रीय सदस्यसमेत थिइन् । सुवेदीको उपचारका क्रममा निधन भएको हो । शनिबार बिहान उनको दाहसंस्कार भयो ।
पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, नेताहरु अमृत बोहोरा, अष्टलक्ष्मी शाक्यलगायत नेता–कार्यकर्ताले पशुपति आर्यघाटमा पुगेर उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।