अमेरिकी उपराष्ट्रपतिकाे भनाइप्रति चीनकाे आपत्ति

बेइजिङ- अमेरिकी उपराष्ट्रपति माइक पेन्सले व्यक्त गरेको चीनसँग सम्बन्धित विचारप्रति चीनले आपत्ति जनाएको छ।

अमेरिकी उपराष्ट्रपति पेन्सले व्यक्त गरेको विचार चीनको वास्तविकता र चिनियाँ समाजको वास्तविक प्रणालीको बारेमा विश्व समुदायमा भ्रम फैलाउन खोजिएको भनी चीनले टिप्पणी गरेको हो ।

अमेरिकी उपराष्ट्रपति पेन्सले बिहीबार दिएको अभिव्यक्ति चीनको मानवअधिकारको वास्तविक अवस्था, यहाँको धार्मिक आस्था तथा अन्य सामाजिक प्रणालीकै विरुद्धमा रहेको चीनले प्रतिक्रिया दिएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जानकारी दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनिङले शुक्रबार चिनियाँ राजधानी बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा सो धारणा राखेका हुन् । उनले भने– अमेरिकी उपराष्ट्रपति पेन्सले दिएको विज्ञप्ति हाम्रो आन्तरिक मामिलासम्बन्धी कानुन तथा परराष्ट्र नीतिको विरुद्धमा छ ।

उक्त भनाइ राजनीतिक रुपमा पूर्णतः बायस भएको उनले बताए । 'चीनले आफ्नो सार्वभौमिकता, यहाँको सुरक्षा प्रणाली तथा चीनको आफ्नो आन्तरिक मामिलाका विषयमा आउने यस्ता भनाइको कडा रुपमा विरोध गर्दछ,' उनले भनेका छन् ।

प्रवक्ता हुवाले ताइवान, हङकङ र चीनको सिनजियाङ प्रान्त चीनको विशुद्ध आफ्नो आन्तरिक मामिला भएकोले बाहिरबाट कसैको कुनै टिप्पणी आवश्यक नरहेको उनको भनाइ थियो । यी क्षेत्रबारे बाहिरबाट कसैले व्यक्त गर्ने विचारमा चीनको कडा आपत्ति रहने पनि उनको भनाइ थियो ।



पत्रकार सम्मेलनमा उनले भने– म अमेरिकीहरुलाई आफ्नै विषयमा कुरा गर्न, आफ्नै समस्याको व्यवस्थापन गर्न तथा चीनको चासो नलिन सुझाब दिन चाहन्छु । 



  • प्रकाशित मिति : कात्तिक ९, २०७६ शनिबार १६:८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया