नेपाली ११ लाख र ६ लाख भारुसहित दुई युवक पक्राउ

जलेश्वर- महोत्तरी प्रहरीले स्रोत नखुलेको ११ लाख नेपाली र करिब ६ लाख भारतीय रुपैयाँसहित दुईजना युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जिल्लाको मटिहानी–जनकपुर सडकखण्डको मटिहानी नगरपालिका–२ स्थित आवर गाउँमा मटिहानीबाट जनकपुर जाँदै गरेको अवस्थामा स्रोत नखुलेको ११ लाख रुपैयाँसहित मटिहानी नपा ६ बस्ने २४ वर्षीय जीवन पूर्वे पक्राउ परेका छन् ।

त्यस्तै जिल्लाको जलेश्वर–भिट्ठामोड सडकखण्डमा पर्ने जलेश्वर नगरपालिका–३ स्थित मलिवारा बस बिसौनी नजिकबाट नेपालबाट भारत जाँदै गरेको अवस्थामा स्रोत नखुलेको पाँच लाख ७५ हजार भारुसहित जनकपुर उपमहानगरपालिका–८ बस्ने ३२ वर्षीय विजय महासेठ पक्राउ परेका छन् ।

दुवै युवकले नेपाली र भारुको अवैध सटही तथा सुन चाँदीको चोरी तस्करीजस्ता कारोबार गर्ने गरेको सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको छुट्टाछुट्टै प्रहरी टोलीले दुवै युवकलाई पक्राउ गरेको हाे ।

पक्राउ परेका दुवै युवकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान भइहेको प्रहरी उपरीक्षक अधिकारीले बताए । 





  • प्रकाशित मिति : कात्तिक ९, २०७६ शनिबार १६:२१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया