शिक्षा नीतिमा परिवर्तन आवश्यक छ: प्रचण्ड
फाइल तस्वीर

काठमाडाैं– नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान शिक्षा नीतिमा परिवर्तन आवश्यक रहेको बताएका छन् । 

शनिबार काठमाडौँमा भएको एक कार्यक्रममा अध्यक्ष दाहालले युग सुहाउँदो शिक्षा नीति चाहिने  भन्दै वर्तमान नीति परिवर्तन गर्न आवश्यक रहेको बताए । सरकारले सबै वर्ग क्षेत्रको समान विकाश गर्न शिक्षा नीतिमा परिवर्तन र लगानी बढाउन आवश्यक रहेको बताए । शिक्षाको विकाशमा सरकारको लगानी बढाउँदै लैजानु पर्ने आवश्यकता वर्तमान सरकारले महसुस गरेको बताए । देशको सम्वृद्धि र विकाशको अभियानलाई शिक्षामा गरिने लगानीलाई वृद्धि नगरी सम्भव नहुने उनले बताए । 

कार्यक्रममा चन्द्रागिरि नगरपालिका १५ ले एसइइ परिक्षामा उत्कृष्ट अंकसहित पास हुने विद्यार्थीहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको थियो । 





  • प्रकाशित मिति : कात्तिक ९, २०७६ शनिबार २०:२४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया