चितवनमा गैंडाकाे आक्रमणबाट एक घाइते

चितवन– चितवनमा गैँडाको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका– २८ भङ्गाहामा गैँडाको आक्रमणबाट आज बिहान ११ बजे सोही स्थान बस्ने ५४ वर्षीया जीतबहादुर बोटे घाइते भएका हुन् ।

बोटे धान खेतमा गैँडालाई लखेट्न जाँदा गैँडाको आक्रमणमा परी घाइते भएका हुन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको गर्धन र हातमा चोट लागेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : कात्तिक ९, २०७६ शनिबार २०:२९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया