यमपञ्चकको तेस्रो दिन आज कुकुरको पूजा गरेर मनाइँदै

काठमाडौं– यमपञ्चकको तेस्राे दिन आज हिन्दू धर्मावलम्बीहरूले कुकुर तिहार मनाउँदै छन् । कुकुरको विशेष पूजाआजा गरी माला लगाई मिठा परिकार खान दिएर यो पर्व मनाइने गरिन्छ ।

आजका दिनमा कुकुरलाई मिठामिठा भोजन खुवाएमा स्वर्ग जाँदा यमराजको ढोकामा बस्ने कुकुरले सजिलै बाटो छोडिदिने धार्मिक विश्वास छ ।

धार्मिक आस्थाअनुसार युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको किवंदन्ती पनि छ । कुकुरलाई धर्मको अवधारणागत उदाहरण र सतमार्गको प्रतिनिधिको रूपमा लिइन्छ । कुकुर मानव सभ्यतादेखि नै मानिससँग अत्यन्त नजिक छ । यसका साथै कुकुरलाई घरको रक्षाकवचको रूपमा समेत लिइन्छ । 

कुकुरका यिनै सहयोगका कारण नै आजको दिन कुकुरलाई विशेष मानेर पूजाआजा गरिँदै छ । आजको दिन कुकुरलाई पूजा नगरी भोजन ग्रहण गरेमा यमराजको दण्ड भोग्नुपर्ने धार्मिक विश्वास छ ।

पौराणिक कालमा यमुनाले यमराजलाई दीर्घायुको कामना गरी टीका माला लगाइदिएको सम्झनामा पाँच दिनसम्म तिहार पर्व मनाइन्छ ।
 





  • प्रकाशित मिति : कात्तिक १०, २०७६ आइतबार १०:५१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया