एजेन्सी– अमेरिकी सेनाले इस्लामिक स्टेट (आइएस)का सबैभन्दा ठूला नेता तथा विश्वका खुंखार आतंककारी अबु बकर अल बगदादी मारिएको दाबी गरेको छ । सिरियामा चलाइएको एउटा ठूलो अपरेसनमा अबु बकरको मृत्यु भएको उसको दाबी हो ।
विभिन्न रिपोर्ट्सले यो कुरा खुलाएका छन् । यसको केही समयअघि मात्र पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै ठूलो घटना हुन लागेको जनाएका थिए । उनले ट्विट गरेका थिए, ‘केही समयअघि मात्र केही ठूलो कुरा भएको छ ।’ तर, यो ट्विट केबारे हो भन्ने उनले कुनै जानकारी दिएका छैनन् ।
अबु बकरको मृत्यु समाचार यतिबेला आएको छ जतिबेला ट्रम्पले सिरियाको तेल क्षेत्रमा केही अमेरिकी सेना रहने जनाएका छन् । उनले बुधबारमात्र अमेरिकी सेना सीमाबाट हटाइएको भए पनि तेल क्षेत्रमा केही अमेरिकी सेना रहने जनाएका हुन् ।
त्यसो त अबु बकरको हत्या यसअघि पनि भएको जनाइएको छ । दुई वर्ष पहिले रुसी सेनाले एक अपरेसनमा बगदादी मारिएको जनाएको थियो । तर, पछि यो खबर झुटो भएको पुष्टि भयो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।