रामायण, महाभारत कालदेखि नै गरिन्थ्यो लक्ष्मीपूजा

काठमाडौं– कार्तिक अमावस्याका दिन आज लक्ष्मीपूजा गरिँदै छ । धन र सौभाग्यकी अधिष्ठात्री महालक्ष्मीलाई प्रसन्न गराउन यो दिन विशेष दिन हो । प्रदोष कालमा स्थिर लग्नमा देवी लक्ष्मीको पूजाले अधिकतम फलदायी दिने मानिन्छ । 

श्रद्धालु शुभका देवता गणेश, लाभकी देवी महालक्ष्मी तथा धनका देवता कुबेरलाई आज पूर्जा अर्चना गरिन्छ । देवी लक्ष्मीको स्वगतका लागि सबैले आजको दिनमा आआफ्नो तयारी गरिरहेका हुन्छन् । घरमा खास सजावत गरिन्छ, फोहोर सफा गरिन्छ ।

आज शुभ मुहूर्तमा पूजा गर्दा लक्ष्मी व्यक्तिसँगै रहने विश्वास गरिन्छ । ब्रह्मापुराणका अनुसार आधी रातसम्म रहने अमावस्या तिथि महालक्ष्मी पूजाका लागि सबैभन्दा राम्रो मानिन्छ । यस वर्ष चाहिँ यो संयोग दुई दिनसम्म रहेको छ । सोमबार दिउँसो नौ बजेसम्म अमावस्या रहेकाले आज साँझ लक्ष्मीको पूजा गर्नु निकै राम्रो मानिन्छ । 

लक्ष्मी पूजा गर्न थालिएको आजबाट होइन । रामायण तथा महाभारत कालमा पनि दीपावली गर्ने परम्परा रहेको बुझिन्छ । मानिन्छ कि, भगवान रामले १४ वर्ष बनबासबाट फर्किए लगत्तै अयोध्यामा दीप प्रज्वलन गरेर खुसीयाली मनाइएको थियो । स्कन्ध पुराण, विष्णु पुराणका अनुसरा भगवान विष्णु र लक्ष्मीको विवाहको उपलक्ष्यमा पनि दीपावली मनाइएको उल्लेख गरिएको छ ।

वैदिक ज्योतिषीहरु अनुसार दीपावली पूजा वृष लग्नमा गर्नु पर्ने हुन्छ । यसले आर्थिक समृद्धिका साथसाथै शान्ति र आनन्द पनि प्राप्त हुने विश्वास लिइएको छ । आज साँझ ६ः४५ बजेपछि लक्ष्मी पूजा गर्नु सवोत्कृष्ट हुने विश्वास गरिन्छ ।





  • प्रकाशित मिति : कात्तिक १०, २०७६ आइतबार ११:१६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया