यो मन्त्र भन्नुहोस्, यसरी गर्नुहोस् लक्ष्मीपूजा

काठमाडौं– आज लक्ष्मीपूजा । धनकी देवी मानिने लक्ष्मीलाई पूजा गरेर आज घर भित्र्याउँदा निकै राम्रो हुने सबैको विश्वास छ । तर, पूजा कसरी गर्ने त ? 

आज बिहानै देखि नेपाली हिन्दू धर्मालम्बीहरु पूजाको विशेष तयारी गरिरहेका छन् ।

लक्ष्मीलाई घरमा भित्र्याउन घर वरपर सफा गरिँदै छ । आज साँझ पौने सात बजेदेखि लक्ष्मीपूजाका लागि विशेष साइत रहेको मानिन्छ । 

लक्ष्मीपूजाका लागि सबैभन्दा पहिले भगवान गणेशको ध्यान दिन जरुरी छ । गणेश भगवानलाई स्नान गराए, नयाँ वस्त्र तथा फूल अर्पण गरेपछि बल्ल लक्ष्मीपूजा सुरु हुन्छ । 

महालक्ष्मीको प्रतीमालाई पूजा स्थानमा पहिले नै राखेको हुनुपर्छ । यो मूर्ती वा प्रतिमामा महालक्ष्मीको आह्वान गर्नुहोस् । हात जोडेर शुद्ध मनले लक्ष्मी घर आउन् भन्ने प्राथना गर्नुपर्छ । त्यसपछि लक्ष्मीलाई स्नान गराउनु पर्छ । स्नान पहिले पन्चामृत र जलले फेरि स्नान गराउनु अझ राम्रो हुनेछ । लक्ष्मीलाई वस्त्र पनि अर्पण गर्नुपर्छ । त्यसपछि लक्ष्मीलाई ११ वा २१ वटा चामल अर्पण गर्नुहोस् । आरती गरेपछि एक पटक लक्ष्मी देवीकोे प्रतिमा राखेको ठाउँमा परिक्रमा लगाउनुहोस् ।

 



महालक्ष्मीको पूजाका लागि यो मन्त्र भन्नुहोस्ः

श्रीं ह्रीं श्रीं कमले कमलालये प्रसीद प्रसीद ॐ श्रीं ह्रीं श्रीं महालक्ष्मयै नम:॥  
 



पूजाका लागि आवश्यक सामग्रीस् 
कलश, कुबेर, महालक्ष्मी तथा श्री गणेशको प्रतिमा, दक्षिणवर्ती शंख, कमलगट्टा, गोमतीचक्र अथवा सानो नरिवल, श्री लक्ष्मी पादुका, श्रीयंत्र वा पुस्तक पूजन  ।
 

  • प्रकाशित मिति : कात्तिक १०, २०७६ आइतबार १३:१८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया