भाइटीकाकाे साइत: मंगलबार विहान ११:५५ बजे

काठमाडाैं— हिन्दूहरूको दोस्रो ठूलो सांस्कृतिक पर्व तिहार शनिबारबाट सुरु भएको छ । शनिबार कागतिहारसँगै सुरु भएको तिहार आइतबार कुकुर तिहार र लक्ष्मीपूजा, सोमबार गोबर्द्धन पूजा र मंगलबार भाइटीका गरेर समापन हुनेछ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार भाइटीकाको साइत मंगलबार बिहान ११:५५ मा उत्तम छ । 

उत्तम साइतबाहेक पनि दिनभर टीका लगाउन मिल्ने अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिका सभापति डा. माधव भट्टराईले बताए । समितिले विभिन्न देशमा रहेका हिन्दूहरूका लागि फरक–फरक साइत निर्धारण गरेको जनाएको छ ।

तिहारका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनलगायतले शुभकामना व्यक्त गरेका छन् । वक्तव्य जारी गर्दै उनीहरूले यो पर्वले नेपालीबीच एकता, सद्भाव र भ्रातृत्व अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् । 





  • प्रकाशित मिति : कात्तिक १०, २०७६ आइतबार १७:४६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया