भरतपुरमा पोस्टमार्टम गर्दा गहना चोरियो

भरतपुर– भरतपुर अस्पतालका कर्मचारीले पोस्टमार्टम गर्न ल्याइएकी एक महिलाको गहना चोरी गरेका छन् । पोखरीमा डुबेर मृत्यु भएपछि उनको पोस्टमार्टम गर्न भरतपुर अस्पताल पुर्याइएको थियो ।

त्यही क्रममा भरतपुर अस्पतालका कर्मचारीले उनको सुनको सिक्री र औंठी चोरेका हुन् । 

प्रहरीले छानबिनका क्रममा अस्पतालका कर्मचारी देवआनन्द राई र पूर्ण विकले चोरी गरेको पत्ता लगाएको बताएको छ । उनीहरुको साथबाट अनुसन्धानपछि गहना भेटिएको जनाइएको छ । 

तर, ती कर्मचारीले प्रहरीविरुद्ध आफूमाथि कुटपिट गरेको आरोप लगाएका छन् । प्रहरीले यो आरोपको खण्डन गरेको छ । प्रहरीले यी दुई भाग्न खोज्दा विकको हात भाँचिएको समेत जनाएको छ ।





  • प्रकाशित मिति : कात्तिक १०, २०७६ आइतबार २०:३६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया