बागलुङ कालिकादेखि गाजा दहसम्म मोटरसाईकल यात्रा

बागलुङ– आन्तरिक भ्रमण वर्ष २०१९ र सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले बागलुङका युवा पर्यटन पर्यटन प्रवर्धनमा जुटेका छन् । जिल्लालाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न शनिबार बागलुङ कालिका मन्दिरदेखि पर्यटकीय स्थल गाजाको दहसम्म  मोटरसाईकल यात्रा गरिएको छ ।

यात्रामा एक सय बढि मोटरसाईकलमा युवाहरुको सहभागिता थियो । मोटरसाइकल यात्रा कालिका मन्दिरदेखि, बागलुङ बजार, सिगानको बेसी, बलामकोट, बौडेचौर र चापाखर्क हुँदै गाजाको धुरीमा पुगिएको थियो । यात्रामा सहभागिहरुलाई स्थानीयले फुलमालासहित स्वागत गरे ।

स्थानीय स्थलहरुको चिनारी गराउन बागलुङमा ‘पहिला गृह जिल्ला, अनि चार किल्ला’ भन्ने नारासहित गाजाको दहसम्म मोटरसाईकल यात्रा गरिएको यात्राका संयोजक एवं सामुदायिक घरबास गाजा दहका अध्यक्ष खिमबहादुर क्षत्रीले बताए । 

जिल्ला पर्यटन विकास समिति बागलुङ र घुमन्ते दि अमेजिन ट्राभल्सको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । 

सामुन्द्रिक सतहदेखि दुई हजार पाँच सय मिटरको उचाईमा रहेको गाजाको दह तथा चापाखर्कबाट धौलागिरी हिमाल, अन्नपूर्ण हिमाल र निलगरी हिमाललगायतका हिमाहरुको दृश्वअवलोकन गर्न सकिनेछ ।  





  • प्रकाशित मिति : कात्तिक १०, २०७६ आइतबार २३:२६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया