साहरुख जेल गएकाे त्याे घटना

एजेन्सी– बलिउड अभिनेता साहरुख खान केहीअघि अमेरिकी टिभी होस्ट डेभिड लेटरम्यानको सोमा पुगेका थिए । त्यो कार्यक्रममा उनले आफ्ना निकै धेरै कुराहरु खोले । उनले आफ्नो जीवनका विभिन्न विषयमा बोल्दा एउटा नयाँ कुरा पनि बताए जुन यसअघि बाहिर आएको थिएन । 

उनलाई पहिले त डेभिडले नै यो प्रसंग खुलाएका थिए । यो कुनै एउटा फिल्मको सुटिङको प्रसंग रहेछ । साहरुख जुन फिल्ममा काम गर्दै थिए, त्यही फिल्मकी अभिनेत्री निर्देशककी पत्नी रहिछिन् । त्यतिबेला एउटा म्यागजिनमा छापिएको रहेछ, ‘निर्देशकले साहरुख र आफ्नी पत्नीलाई समझदारी बढाउन एकअर्कासँग रात बिताउने प्रस्ताव गरेका छन् ।’

डेभिडको यो कुरा सुनेर साहरुखले भने, ‘त्यति बेला मलाई निकै रिस उठेको थियो । मैले त्यो म्यागजिनमा फोन गरेँ । उनीहरुले एउटा रमाइलोमात्र भएको बताए । त्यसपछि म त्यो पत्रिकाको अफिसमा पुगेँ । त्यहाँ मैले ती पत्रकारलाई पिट्ने धम्कीसमेत दिएको थिएँ । त्यसपछि मलाई गिरफ्तार गरेर जेलमा लगियो ।’

साहरुख यमिा नै रोकिएनन् । उनले भने, ‘म फिल्मको सुटिङमा नै थिएँ । प्रहरी आएर मलाई समातेर लगे । त्यो जेल निकै दुर्गन्धित थियो ।’

यो सन् १९९२ को घटना हो । साहरुखले चर्चा गरेको यो घटना माया मेमसाब नामको फिल्मको हो ।





  • प्रकाशित मिति : कात्तिक ११, २०७६ साेमबार ८:३७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया