यमपञ्चकको चौथो दिन आज गोवर्धन पूजा, नेवार समुदाय म्ह: पूजा गर्दै

काठमाडौं– आज गोवर्धन पूजा अर्थात् यम पञ्चकको चौथो दिन । कृषिप्रधान देश नेपालमा आजको दिनले आफ्नो अणुवांशिक पहिचान गुमाएर साँढेबाट हल गोरूमा परिणत जीवले हाम्रो कृषि जीवनमा राखेको महत्त्वका कारण सम्झिने गरिन्छ । 

त्यसैगरी, नेवार समुदायले आज म्ह:पूजा आत्मशुद्धिकाे पूजा गर्छन्र । त्यस्तै, आजबाट नेपाल संवत् ११३९ सुरु भएकाे छ । आज नेवार समुदायले नयाँ वर्षकाे दिनकाे रूपमा मनाउने गर्छन् ।

भगवान् श्रीकृष्णले स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलस्थित द्वारिकावासीमा आइपरेको अविरल वर्षाबाट निम्तिएको महाविपत्तिबाट बचाउन आफ्नो कान्छी औंलाले गोवर्धन पर्वतलाई उठाएर द्वारिकावासीलाई ओत लगाएर बचाएको श्रीमद्भागवत गीतामा उल्लेख छ । 

भगवान् श्रीकृष्णसँग आजकै दिन इन्द्रले आफ्नो क्रोधयुक्त व्यवहारप्रति खेद प्रकट गरेको र माफी मागेको पनि उल्लेख छ । आजको दिन, श्रीकृष्णले आफ्नो औंलाले उठाउनुभएको त्यही गोवर्धन पर्वतको पूजाआजा गरिन्छ । यसरी गोवर्धन पर्वतको पूजाआजा गर्दा गाईबस्तुको गोबरलाई नै गोवर्धन पर्वतको प्रतीकका रूपमा पुज्ने चलन छ ।

गोवर्धनका साथ आज गोरुको पनि पूजा गरिन्छ र यसका साथै आज कृषि औजारहरूको पनि पूजा गरिन्छ । आजको दिन गोरुलाई पिठो, नुन, चोक्कर र पानी मिश्रित घोलका साथै चामलको पिठो र तिउन हालेर बनेको गिलो रोटी अर्थात् बाबर खान दिइन्छ ।
 





  • प्रकाशित मिति : कात्तिक ११, २०७६ साेमबार ८:४०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया