Mon, 16 Dec, 2019


यमपञ्चकको अन्तिम दिन आज भाइटीका
फरकधार / कात्तिक १२, २०७६

काठमाडौं– आज भाइटीका अर्थात् यमपञ्चकको पाँचौं दिन । वैदिक कालमा यमराजले आफ्नो दैनिक कामकाज थाती राखेर बहिनी यमुनासँग टीका लगाउन गएको दिनलाई भाइटीकाको रूपमा मनाउने गरिन्छ ।



यमुनाले दाजु यमराजको दीर्घायुको कामना गरी कहिल्यै नओइलाउने पूmल मखमलीको माला र कहिल्यै नअस्ताउने सूर्यको सात रङको प्रतीकक सप्तरंगी टीका लगाएर लामो आयुको कामना गरेको धार्मिक विश्वास छ । यसै दिनको सम्झनामा पृथ्वीवासीले तिहार अर्थात् भाइटीका मनाउँदै आएका छन् ।

आजको दिन दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै भाइटीका लगाइदिने गर्छन् । भाइटीका लगाइदिएपछि दाजुभाइले दिदीबहिनीलाई आफ्नो क्षमताअनुसारको पैसा वा उपहार दिने प्रचलन छ । त्यस्तै, दिदीबहिनीले दाजुभाइलाई टीका–माला लगाइदिएर भाइ मसला उपहार दिने प्रचलन छ । अाजबाट यमपञ्चकम पनि समापन हुँदै छ ।
 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्