ट्रम्पको बगदादी र ओबामाको लादेन अपरेसनमा के फरक छ ?

चरमपन्थी संगठन इस्लामिक स्टेटका प्रमुख अबु बक्र अल बगदादीलाई अमेरिकी सेनाको अपरेसनमा मारिएको छ । यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि एउटा ठूलो जित हो । 

तर, यसले अमेरिकालाई थप समस्यामा पार्ने निश्चित जस्तै छ । किनकि यसलेउनको टकराववाला शैली र खतरा तथा खराब साझेदारीलाई प्रष्ट्याएको विश्लेषण हुन थालेको छ । 

यसको सुरुवात ट्रम्पको आइतबार बिहान भएको घोषणाबाटै देखिन थालिएको अमेरिकी विश्लेषकहरु बताउँछन् । उनले घोषणामा भनेका थिए, ‘बगदादीको कुकुरको जस्तो मृत्यु भयो ।’ यति भनेर उनको अनुहार खुसी देखिन्थ्यो । त्यति मात्रै होइन, उनले एउटा फिल्मको जस्तो पूरै अपरेसनलाई पनि प्रष्ट्याए ।

बगदादीको हत्या भएको अभियानबारे ट्रम्पले जसरी जानकारी दिए, यो ठिक तत्कालीन राष्ट्रपति बाराक ओबामाको भन्दा फरक छ । बाराक ओबामाले अर्का आतंककारी ओसामा बिन लादेन मारिएको साँझ अर्कै तरिकाले त्यसको घोषणा गरेका थिए ।

ओसामा बिन लादेन

डोनाल्ड ट्रम्पले त बगदादी मारिएपछि सन् २०११ मा ओसामा बिन लादेन मारिनुभन्दा ठूलो सफलता हासिल गरेको बताएका छन् । ओसामा बिन लादेन मारिँदा बाराक ओबामा अमेरिकी राष्ट्रपति थिए ।



ट्रम्पले आफ्ना कुरामा बारम्बार ओसामाको कुरा गरेका थिए । उनले कतिसम्म दाबी गरेका छन् भने आफ्नो पहिलो किताबमा उनले यसअघि नै ओसामा बिन लादेनबारे बताएका थिए । तर, यसमा कसैले ध्यान नदिएको पनि उनको गुनासो छ ।

‘मेरो कुरा सुनिएको हुन्थयो भने आज धेरै कुरा फरक हुन्थे,’ उनले भनेका छन् । 



बगदादी

तर, अमेरिकाका केही फ्याक्ट चेक गर्ने संस्था तथा मिडियाले ट्रम्पको कुनै पनि पुस्तकमा ओसामा बिन लादेनबारे केही भेटाएका छैनन् ।

अहिले बगदादीविरुद्धको अभियान र त्यति बेलाको ओसामा बिन लादेनविरुद्धको अभियानमा चाहिँ निकै फरक थियो । ओबामाले पहिले नै आफूले ओसामा बिन लादेनविरुद्ध अभियान चलाउन थालेको संसदमा जानकारी दिएका थिए । उनले यसबारे पूरै जानकारी ह्वाइट हाउसबाट पनि दिन लागएका थिए । 

तर, यसपटक ट्रम्पले बगदादीविरुद्धको अपरेसनबारे कसैलाई जानकारी दिएका थिएनन् । 

त्यति बेला ओबामाले ओसामामाथि अपरेसन चलाएपछि उनलाई राजनीतिक रुपमा खासै फाइदा मिलेको थिएन । अब यसपटक ट्रम्पलाई यो अपरेसनले कति फाइदा पुग्छ भन्ने हेर्न केही समय कुर्नै पर्ने हुन्छ । –बिबिसीबाट अनुदित

  • प्रकाशित मिति : कात्तिक १२, २०७६ मंगलबार ११:१३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया