मोदी, कोहलीमाथि आक्रमणको चेतावनी, बढाइयो सुरक्षा

एजेन्सी– भारतका राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीमाथि आक्रमणको आशंका गरिएको छ । त्यसैले उनीहरुको सुरक्षा बढाइएको छ । 

भारतीय न्युज एजेन्सीका अनुसार भारतको राष्ट्रिय जाँच एजेन्सीलाई उनीहरुमाथि आक्रमण गर्ने चिठी आएको थियो । यो चिठी कसले पठाएको हो भन्ने चाहिँ खुलेको छैन । तर, दिल्ली प्रहरी र भारतको प्रहरीले उनीहरुमाथि सुरक्षा बढाउन निर्देशन दिइसकेको छ । 

यही चिठी भारतीय क्रिकेट बोर्डलाई पनि दिइएको थियो । त्यसैले विराट कोहलीमाथि पनि सुरक्षा बढाइएको छ ।

दिल्ली प्रहरीलाई उद्धृत गर्दै भारतीय मिडियाले यस्तै आक्रमणको आशंका पछिल्लो समय अन्य भारतीय नेतामाथि पनि गरिएको बताएका छन् । 





  • प्रकाशित मिति : कात्तिक १२, २०७६ मंगलबार १८:५३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया