ह्वाट्सयाप कलमा कर लगाउने निर्णय गरेका लेबनानका प्रधानमन्त्रीले राजीनामा दिए

एजेन्सी– झन्डै दुई साता लामो राष्ट्रव्यापी प्रदर्शनपछि लेबनानका प्रधानमन्त्री साद हरिरीले राजीनामा घोषणा गरेका छन् । मंगलबार उनले देशवासीको नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन् । 

तीन पटक प्रधानमन्त्री भइसकेका हरिरीले अब आफूसँग कुनै विकल्प नभएकाले राजीनामा दिन लागेको घोषणा गरेका छन् । उनले अहिले अन्य दलहरुसँग मिलेर सत्ता चलाइरहेका थिए । 

तर, पछिल्लो समय लेबनानको आर्थिक गतिविधि निकै खस्किएको थियो । 

यहीबीच १७ अक्टोबरमा सरकारले ह्वाट्सयाप कलमा पनि कर लगाउने निर्णय गरेको थियो । यही निर्णयका कारण त्यहाँ व्यापक प्रदर्शन भएको थियो । 

यो प्रदर्शनीपछि लेबनानका सबै बैंक, स्कुल तथा अन्य संस्थाहरु १२ दिनका लागि बन्द भएका थिए । 

‘म यो कुरा लुकाउन सक्दिनँ, अब म विकल्पविहिन भइसकेको छु,’ हरिरीले भनेका छन्, ‘आज एउटा अवसर आएको छ, जसलाई हामीले गुमाउनु हुँदैन ।’



अब लेबननमा राजनीतिक कसरी अगाडि बढ्छ भन्ने कुनै निश्चित विकल्प छैन ।



  • प्रकाशित मिति : कात्तिक १२, २०७६ मंगलबार २०:४६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया