क्याट्रिनाका नयाँ व्वायफ्रेन्ड– विक्की

एजेन्सी– अहिले भारतीयमाझ एउटा भिडियो निकै छाइरहेको छ । दुई दिनअघिको यो भिडियोमा अभिनेत्री क्याट्रिना कैफ देखिएकी छिन् । र, उनीसँगै छन् विक्की कौशल पनि । 

अभिनेता अमिताभ बच्चनले दिएको पार्टीबाट यी दुई सँगै निस्किएका हुन् । तर, टाइम्स अफ इन्डियाले यी दुई सँगै निस्किए पनि फरक फरक गाडीमा फर्किएको लेखेको छ । तर, भारतीयहरु यो तथ्य मान्न तयार छैनन् । उनीहरु त क्याट्रिनाका नयाँ व्वायफ्रेन्ड विक्की कौशल भएको लेखिरहेका छन् । 

त्यसो त पार्टीबाट बाहिर निस्किँदा यी दुईले बेलाबेलामा राम्रै पोज पनि दिएका थिए । त्यसैले पनि यी दुईबीच अफेयर चलेको कुरालाई यो प्रसंगले थप जोडबल पुगेको छ ।





  • प्रकाशित मिति : कात्तिक १३, २०७६ बुधबार ८:२०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया