नेवार समुदायमा आज किजा पूजा
तस्वीर: दीपु महर्जन ।

काठमाडौं– काठमाडौंमा नेवार समुदायले आज किजा पूजा (भाइटीका) मनाउँदै छन् । यस वर्ष तिथि विवादका कारण केही नेवार समुदायले भने मंगलबार नै किजा पूजा गरेका छन् । काठमाडौंका अधिकांश नेवार समुदायले भने आज भाइटीका लगाउने भएका छन् । 

नेवार समुदायको अनुरोधमा नेपाल सरकारले आज (बुधबार) सार्वजनिक बिदा पनि दिएको छ ।

आज किजा पूजा गर्ने समुदायले मंगलबार म्हःपूजा गरे । मंगलबार नै नेवारी क्यालेन्डर नेपाल संवत् ११४० सुरु भयो । 

किजा पूजामा म्हः पूजाकै दिनमा जस्तै मण्डप तयार गरी विमिरोदेखि सबै प्रकारका फलफूल राख्ने गरिन्छ । त्यसपछि दाजुभाइ दिदीबहीनीले एकअर्कालाई अक्षता, अविर, दहि, चिउरा र पानी राखेको रातो टीका लगाइदिन्छन् । त्यसलाई नेवारी संस्कारमा ‘जाकि सिन्ह’ भनिन्छ । त्यसपछि एकअर्काको दीर्घायूको कामना गर्दै सगुन, उपहार आदि दिने चलन छ ।

नेवार समुदायमा तिहारलाई स्वन्ति नख: पनि भनिन्छ । 





  • प्रकाशित मिति : कात्तिक १३, २०७६ बुधबार ८:२९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया